काठमाडौं : कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित प्रदेश २ लाई इजरायल दूतावासले स्वास्थ्य सामाग्री प्रदान गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयलाई काठमाडौं स्थित इजरायली दूतावासले सहयोग सामाग्री हस्तान्तरण गरेको हो। सहयोग सामाग्रीमा ४०० पीपीई, १००० केएन ९५ मास्क १० हजार सर्जिकल मास्क, ५ हजार सर्जिकल ग्लोव्स, ५०० लिटर ह्यान्ड स्यानिटाइजर रहेका छन्।
सहयोग सामाग्री प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई जुम कन्फ्रेन्स मार्फत राजदूत बेन्नी उमरले हस्तान्तरण गरेका हुन्।
सहयोग सामाग्री इजरायली जनताको तर्फबाट इजरालयको परराष्ट्र मन्त्रालय अन्तर्गतको अन्तर्राष्टिय विकास सयोग एजेन्सी मासाभले उपलव्ध गराएको हो। कोभिड-१९ विरुद्धको लडाइमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा नर्सका लागि सो समाग्री प्रयोग शुने बताइएको छ।
दूतावासले प्रदेश सरकारसँग द्वीपक्षीय स्वार्थका आधारमा काम गर्ने चाहना व्यक्तसमेत गरेको छ।
गत महिना पनि इजरायल दूतावासले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ५५० पीपीई, १० हजार मास्क, ५ हजार सर्जिकल ग्लोभ्स, ५० इन्फ्रारेड डिजिटल थर्ममिटरलगायत सहयोग सामाग्री हस्तान्तरण गरेको थियो।
