PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

काठमाडौं उपत्यकामा १५ जनासहित बुधवार थपिए २ सय १० जना संक्रमित



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा १५ जनासहित बुधवार थपिए २ सय १० जना संक्रमित

काठमाडौं : बुधवार थप २ सय १० जनामा कोभिड-१९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरेकोमा २ सय १० जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएको छ। नेपालमा हालसम्म जम्मा संक्रमित संख्या १९ हजार २ सय ७३ पुगेको छ

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधवार काठमाडौं उपत्यकामा १५ जना संक्रमित थपिएको बताए।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १, काठमाडौंका २,  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका ७, वीर अस्पतालमा काठमाडौंका २, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १ र स्टार अस्पतालमा काठमाडौंका २ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए।

१ सय ४६ जना बुधावार निको भएर डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell