PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

कोरोना बारे गलत प्रचार गरेको भन्दै पप स्टार म्याडोनाको पोस्टविरुद्ध इन्स्टाग्रामको एक्सन



पहिलोपोस्ट

कोरोना बारे गलत प्रचार गरेको भन्दै पप स्टार म्याडोनाको पोस्टविरुद्ध इन्स्टाग्रामको एक्सन

पप स्टार म्याडोनाको एक पोस्टविरुद्ध इन्स्टाग्रामले एक्सन लिएको छ। उनले कोरोना भाइरसको कन्पिरेसी सम्बन्धी भिडियो सार्वजनिक गरेकी थिइन्। जसमा उनले कोभिड-१९ का लागि खोप बनिसके पनि लुकाइएको आरोप लगाएकी थिइन्। भनेकी थिइन् – धनीहरूलाई अझै धनी बन्न दिउँ।

इन्स्टाग्रामले उक्त जानकारी गलत भएको भन्दै भिडियो ब्लर गरिदिएको हो। लगत्तै म्याडोनाको पेजबाट उक्त पोस्‍ट हटाइयो।

बीबीसीले जनाए अनुसार उनको पोस्टमा पप स्टार एनी लेनक्‍सले कमेन्‍ट गरेकी थिइन् – तिमी यस्तो अफवाह फैलाउँदै छौ भन्ने कुरा म विश्वास गर्न सक्दिँन। उनले म्याडोनाको पेज ह्याक भएको हुनसक्ने बताएकी थिइन्।

गायिकाको कोरोना सम्बन्धी यो पहिलो विवादास्पद पोस्ट भने होइन। यसअघि मार्चमा उनले नुहाइरहेको अवस्थामा भिडियो सार्वजनिक गरिन् जसमा उनले भनेकी थिइन् : कोरोना भाइरस एउटा महान हतियार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell