PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली : बुधवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।

सूचना अधिकारी श्रेष्ठका अनुसार सबैभन्दा बढी डोटीको आदर्श गाउँपालिकामा ३७ जनामा कोरोना देखिएको छ। उनीहरुमध्ये १४ महिला र २३ पुरुष रहेका छन्। चार जना भने एक वर्षमुनिका बालबालिका समेत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार पुरुष र एक महिला गरी पाँच जना, बेलौरी नगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा समेत कोरोना पुष्टि भएको उनले बताए। सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको भजनी नगरपालिकाका तीज पुरुष र दुई महिला गरी पाँच जना, बर्दगोरीया गाउँपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा पनि कोरोना पुष्टि भएको छ।

डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell