PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

कैलालीमा बाढीको वितण्डा : चार जना बेपत्ता, दुई जनाको सकुशल उद्धार



पहिलोपोस्ट

कैलालीमा बाढीको वितण्डा : चार जना बेपत्ता, दुई जनाको सकुशल उद्धार

कैलाली : कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि चार जना बेपत्ता भएका छन्। कैलालीको भजनी नगरपालिकाका चार जना बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार ११ वर्षीय बालक स्केल चौधरीसहित चार जना बेपत्ता भएका छन्। कार्यालयका प्रहरी निरीक्षक जनक धामीका अनुसार विभिन्न स्थानबाट उनीहरू बेपत्ता भएका हुन्। अन्य दुई जनाको भने सकुशल उद्धार गरिएको उनले बताए।

कान्द्रा, काँडा र पथरैयालगायतका नदीमा पानीको बहाब बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell