PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आमाले आफ्नो सन्तान खेलाडी होस् भन्ने सपना देख्ने नेपाल बनाउने प्रयत्न गर्नेछौँ : राखेप उपाध्यक्ष कोइराला



पहिलोपोस्ट

आमाले आफ्नो सन्तान खेलाडी होस् भन्ने सपना देख्ने नेपाल बनाउने प्रयत्न गर्नेछौँ : राखेप उपाध्यक्ष कोइराला

काठमाडौँ: राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइरालाले शपथ ग्रहण कार्यक्रममा सामूहिकताको आधारमा परिषद्लाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्। नेपाल सरकारले आफूलाई नयाँ जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै कोइरालाले खेलको भविष्य उज्वल बनाउन प्रयत्न गर्ने बताए। 

'विगत वर्तमान होइन। वर्तमानले मात्रै भविष्य देखिन्छ। भविष्यका लागि परिवर्तन आवश्यक छ भन्ने हेतुले हाम्रा आगामी कार्यदिशा अघि बढ्नेछन्', उपाध्यक्ष कोइरालाले भने, 'एउटा बच्चा जन्मदै ‍गर्दा उसको आमाले आफ्नो सन्तान खेलाडी होस् भन्ने सपना देख्ने नेपाल बनाउने प्रयत्न गर्नेछौँ।'

कोइराला र सदस्य सचिव रमेशकुमार सिलवाललाई बुधबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री जगतबहादुर विश्वकर्माले शपथ गराएका थिए।

खेलकुद विकास ऐन असार १८ गते कार्यन्वयनमा आएसँगै राखेपमा सदस्य सचिवलगायतका पद खाली भएको थियो। साेपछि मन्त्रिपरिषद्को साउन १२ गतेको वैठकले सिलवाललाई सदस्य सचिव र कोइरालालाई उपाध्यक्ष नियुक्त गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell