काठमाडौं : पछिल्लो २४ घण्टामा २२ जिल्लाका २१० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामा सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशमा ७० जनामा संक्रमण पुष्टि भएको छ।
जसमध्ये डोटीका मात्र ५२ जना रहेका छन्। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा डोटीका ३७ र डडेलुधरा अस्पतालमा भएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै, सेती अस्पतालमा भएको परीक्षणमा कैलाली र कञ्चनपुरका ८/८ र डडेलधुरामा गरीएको परिक्षणमा बैतडीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
आज भएको परीक्षणमा सबै भन्दा कम कर्णली प्रदेशमा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश ५ को कपिलवस्तुका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, आज संक्रमण पुष्टि भएकोमा नारायणी अस्पताल वीरगंजमा भएको परीक्षणमा पर्साका ३४ जना रहेका छन्।
प्रदेश २ मा ६४ जनामा संक्रमण पुष्टि हुँदा धनुषामा १२, महोत्तरीमा १४ सप्तरीमा २, सर्लाह र रौतहटमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा स्याङजामा २६ बाग्लुङमा ७ तथा म्याग्दी र नवलपरासी पूर्वमा २/२ र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको छ। आज काठमाडौंमा १४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा ७, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, स्टार अस्पताल र वीर अस्पतालमा २/२ जना र त्रिवि शिक्षण अस्पतालमा एक जना गरी काठमाडौंका १४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, आज संक्रमण पुष्टि भएकामा वाग्मतीको धादिङका ७ र भक्तपुरका १ जना रहेका छन्। प्रदेश १ अन्तर्गत मोरङका ८ जनामा संक्रमण पुष्टि भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ३, सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोशी अस्पताल प्रयोगशालामा मोरङका ३ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा मोरङकै २ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये १४ हजार २१ जनामा संक्रमण मुक्त भइ फर्किएका छन्। हाल संक्रमितमध्ये ५ हजार २०३ जना आइसोलेसनमा रहेका छन्। नेपालमा मृत्यु हुनेको संख्या ४९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
