PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

वीरगंजको गण्डक कोभिड अस्पतालमा एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु



राधेश्याम पटेल

वीरगंजको गण्डक कोभिड अस्पतालमा एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा एक जना ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डक कोभिड अस्थायी अस्पतालमा विगत ६ दिनदेखि उपचाररत वीरगंज ५ रेशमकोठीका वृद्धको बिहान पौने ११ बजे मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक उदयनारायण सिंहले बताए।

मुटु रोगी उनको अचानक स्वास्थ्यमा गडबडी भई आसीयूमै मृत्यु भएको हो। उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ। पर्सामा हालसम्म एक भारतीयसहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell