PahiloPost

May 14, 2025 | १ जेठ २०८२

नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, सीसीएमसीले सुरु गर्‍यो सिंहदरबारबाट परीक्षण

नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, सीसीएमसीले सुरु गर्‍यो सिंहदरबारबाट परीक्षण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौँमा कोरोना भाइरसको संक्रमण बढेसँगै ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’ को प्रयोग गरेको छ। सिंहदरबार परिसरमा उक्त प्रविधिबाट बुधबार स्वाब संकलन गरिएको छ।

सिंहदरबारभित्र कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायतको स्वाब संकलन गरिएको थियो। सिंहदरबार परिसरमा  महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाब संकलन गरिएको हो। बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहोर संकलन केन्द्र र क्यान्टिनमा खटिने जनशक्तिलाई लक्षित गरेर परीक्षण गर्न लागिएको  हो।

सीसीएमसीले दैनिक ५०० देखि ७०० जना सम्मको स्वाब संकलन गर्ने लक्ष्य लिएको छ।   

नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब संकलनका लागि पहिलोपटक प्रविधियुक्त गाडी प्रयोगमा ल्याएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell