काठमाडौं : पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले कांग्रेसमा विभाग विस्तार कार्य रोक्न माग गरिरहेकै बेला सभापति शेरबहादुर देउवाले ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन्।
बुधवार कांग्रेस सभापति देउवाले सभामा ४७९ जना सदस्यलाई सभामा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्। ज्येष्ठ राजनीतिज्ञ सभामा देउवा आफै पनि सदस्य छन्। त्यसैगरी, सदस्यहरुमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि तारानाथ रानाभाटसम्म रहेका छन्।
नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा नेपाली कांग्रेसका सभापति देउवाद्वारा सदस्यहरुलाई मनोनयन गरेको जनाएका छन्।
महाधिवेशन नजिकिँदा विभाग गठन गर्ने र विस्तार गर्ने कार्य आचारसंहिता विपरित भएको भन्दै देउवाइतरका नेताहरुले विरोध गर्दै आएको छ।