PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश १ मा कोरोनाबाट पहिलो मृत्युः भारतमा लक्षण देखियो, नेपाल आएपछि पुष्टि



फूलमाया पुरी

प्रदेश १ मा कोरोनाबाट पहिलो मृत्युः भारतमा लक्षण देखियो, नेपाल आएपछि पुष्टि
Illustration by Gerry Fletcher/BBC

मोरङ: प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको छ। मोरङ सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ। नगर प्रमुख कालीप्रसाद दासले कोरोनाले मृत्यु भएको पुष्टि भएको बताए। 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मृतकमा कोरोना पोजेटिभ देखिएको हो। बुधबार रिपोर्ट आएको हो। 

बुधबार मृत्यु भएका व्यक्ति तीन महिनाअघि भारतबाट आएका थिए। भारतबाट फर्किएर उनी क्वारेन्टाइन बसेका थिए। १४ दिन क्वारेन्टाइन बसेपछि परीक्षण गरिएको थियो। त्यसबेला उनमा संक्रमण देखिएको थिएन।

प्रमुख दासका अनुसार रिपोर्ट नेगेटिभ आएपछि उनी फेरि भारतको झाला भन्ने ठाउँमा सुसुराली गएका थिए। त्यहीँ नै उनलाई कोरोनाको लक्षण देखा परेको बताइएको छ। लक्षण देखिएपछि उनलाई उपचारका लागि भारतकै पुर्निया लगिएको थियो। पुर्नियामा उपचार नभएपछि मंगलबार उनलाई विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो।

अवस्था गम्भीर भएको भन्दै कोशी अस्पतालले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको  थियो। उपचारका क्रममा बुधबार दिउँसो करिब २ बजेतिर उनको मृत्यु भएको हो। शव अस्पतालमै रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell