PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वीरगंजमा तीन डाक्टरसहित ५३ जनामा कोरोना संक्रमण, एम्बुलेन्स चालक पनि संक्रमित



राधेश्याम पटेल

वीरगंजमा तीन डाक्टरसहित ५३ जनामा कोरोना संक्रमण, एम्बुलेन्स चालक पनि संक्रमित

वीरगंजः वीरगंजमा बुधबार राति थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १५ महिला र ३८ पुरुष छन्। नारायणी अस्पतालले अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ५३ जनामा कोराना संक्रमण पुष्टि भएको हो।

जसमा नारायणी अस्पतालका दुई र एक अन्य गरी ३ जना डाक्टर समेत छन्।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ६० वर्ष उमेर समूहका छन्। नारायणी अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित छन्।

यसअघि नारायणी अस्पतालका सर्जिकल र आइसियूमा खटिएका स्टाफ नर्स तथा अन्य स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी पनि संक्रमित छन्।

त्यसैगरी, चण्डिप्रसाद गणका एक मेजरका कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन्। अन्य संक्रमित पनि यसअघि संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell