PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सन्दीप लामिछाने सीपीएल खेल्न जाँदै, पीपीइमा देखिए एयरपोर्टमा



पहिलोपोस्ट

सन्दीप लामिछाने सीपीएल खेल्न जाँदै, पीपीइमा देखिए एयरपोर्टमा
तस्बिर: रमन शिवाकोटी

काठमाडौं : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिहीवार बिहान १० बजे क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गर्दै छन्।

उनी अहिले बिहान कोरियन एयरमार्फत कोरियाको सोल हुँदै त्यसतर्फ जानेछन्। लामिछानेका मेनेजर रमन शिवाकोटीका अनुसार उनी त्यहाँबाट अमेरिका ट्रान्जिट हुँदै अगस्ट १ मा ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।

आज बिहान एयरपोर्ट पुगेका लामिछाने अन्तर्राष्ट्रिय टर्मिनल अगाडि पीपीइमा देखिए।

सीपीएलमा उनले यसपाला जमैका तहल्लाबाजबाट खेल्ने छन्। जसका लागि उनले १ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम पाउनेछन्।

लामिछाने त्यहाँ पुगेपछि १५ दिन क्वारेनटाइनमा बस्नेछन्। सीपीएल अगस्ट १५ बाट सेप्टेम्बर १० सम्म हुनेछ। सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell