PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

काठमाडौं उपत्यकाभित्र मास्क नलगाई हिंडे १ सय रुपैयाँ जरिवाना,  ३८ जना कारबाहीमा



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र मास्क नलगाई हिंडे १ सय रुपैयाँ जरिवाना,  ३८ जना कारबाहीमा

काठमाडौः गृहमन्त्रालयले मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न निर्देशन दिइसकेको छ।

अहिले प्रत्येक जिल्लामा प्रहरीले मास्क नलगाई हिंड्नेलाई कारबाही गरिरहेका छन्। काठमाडौं उपत्यकाभित्र पनि कारबाही सुरु गरिएको छ। ललितपुर प्रहरीले सार्वजिकि स्थलमा मास्क नलगाई हिंड्नेलाई कारबाही सुरु गरेको छ। बुधवार मात्र ३८ जनालाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ।

'केही दिन माइकिङ गरेर जानकारी दिएका थियौं। त्यसपछि कारबाही गरेका हौं। कतिपय मास्क नहुनेलाई मास्क दिएका पनि छौं।' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले भने। उनीहरुलाई प्रहरीले एक सय रुपैयाँ जरिवाना तिराएको छ।

त्यस्तै प्रहरीले १ सय ६६ जनालाई सम्झाएर पठाएको छ। 'सय रुपैयाँ भए त भात खान्थे भन्ने मानिस पनि छन्। उनीहरुसँग मास्क नि छैन जरिवानाको पैसा नि। कसरी कारबाही गर्नु।' एक प्रहरीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell