PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

मिस्त्री र प्राविधिकका लागि सजिलो मर्मतको 'कोभिड रिलिफ फन्ड'



पहिलोपोस्ट

मिस्त्री र प्राविधिकका लागि सजिलो मर्मतको 'कोभिड रिलिफ फन्ड'

काठमाडौं : लकडाउन प्रभावित दैनिक ज्यालादारी मजदुरका लागि सजिलो मर्मत सेवाले ‘एसएमएस कोभिड रिलिफ फन्ड’ लन्च गरेको छ। सेवासँग साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्नका लागि उक्त फन्ड ल्याइएको हो।

सजिलो मर्मत सेवासँगको सहकार्य गर्दै आएका ६५ जना प्राविधिक यस फन्डबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। लकडाउनका कारण समस्यामा रहेका प्राविधिकहरूले आर्थिक सहायता पाउने छन्। एसएमएसले अप्ठ्यारोमा परेका प्राविधिकहरूलाई बिना धितो र बिना ब्याजदर ऋण प्रदान गर्नेछ। कोभिड–१९ भाइरसबारे पर्याप्त जानकारी दिएर उनीहरूलाई काममा फर्काउनका लागि पनि रिलिफ फन्ड प्रयोग गरिने बताइएको छ। 

कम्पनीले सबै प्राविधिकको बीमा समेत गरिदिएको छ।

कोभिड–१९ बारे पर्याप्त जानकारी दिन र कसरी लो कन्ट्याक्ट सर्भिस (न्यून जनसम्पर्क सेवा) उपलब्ध गराउन सकिन्छ भन्नेबारे बुझाउन एसएमएसले प्राविधिकहरूलाई तालिमसमेत दिँदै आएको छ।

सजिलो मर्मत सेवाले रिलिफ फन्डका लागि एक लाख रुपैयाँ प्रदान गरेको छ भने जमर्नीका फ्रान्जिस्का डाइटेलले नेतृत्व गरेको माइन्डग्रोथ नामक संस्थाले पनि कोष विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सजिलो मर्मत सेवाले घरायसी तथा व्यापारिक संस्थाका भवनको मर्मत–सम्भारलाई आवश्यक सम्पूर्ण मिस्त्री–सेवा उपलब्ध गराउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell