PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

प्रहरी हेडक्वाटरमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि



पहिलोपोस्ट

प्रहरी हेडक्वाटरमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ।

प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको हो।

'थप ९ जनामा कोरोना पुष्टि भएको जानकारी आएको छ। उहाँहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले भने।

यससँगै प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना पुष्टि भइसकेको छ। संचार,सवारी शाखा लगायतमा कार्यारत प्रहरीमा कोरोना देखिएको हो। यससँगै देशभर संक्रमित प्रहरीको सङ्ख्या २ सय २१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell