PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

गण्डकीमा आज बिहान थपिए ३८ नयाँ कोरोना भाइरस संक्रमित



पहिलोपोस्ट

गण्डकीमा आज बिहान थपिए ३८ नयाँ कोरोना भाइरस संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा ३८ जना नयाँ कोरोना भाइरस संक्रमित पहिचान भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार ६ जिल्लाका मानिसमा संक्रमण देखिएको हो।

स्याङ्जामा ११ जना, बाग्लुङमा ६ जना, तनहुँमा ३ जना, नवलपरासीमा १ जना, लमजुङमा ३ जना, कास्कीमा १४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये एक जना महिला हुन्।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमित भेटिएका हुन्। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ। यीमध्ये १ हजार २ सय ३० जना ठीक भएर फर्केका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell