PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सुशान्त आत्महत्या प्रकरण, रिया चक्रवर्ती भागेको खबर निराधार : प्रहरी



पहिलोपोस्ट

सुशान्त आत्महत्या प्रकरण, रिया चक्रवर्ती भागेको खबर निराधार : प्रहरी

मंगलवार बलिउड अभिनेता सुशान्त सिंह राजपुतका बुवा केके सिंहले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दिए। रियाले सुशान्तलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लगाएका हुन्। सुशान्तसँग प्रेम सम्बन्धमा रहेकी उनले सुशान्तको बैंक अकाउन्ट नियन्त्रणमा लिएको, परिवारसँग टाढा राखेको, मानसिक स्वास्थ्यमाथि प्रश्न गरेको र अन्य डर धम्की देखाएको आरोप केके सिंहले लगाएका छन्।

पटना प्रहरीमा उजुरी दर्ता भएको भोलिपल्ट अनुसन्धान टोली मुम्बई गयो। लगत्तै  बुधवार रिया सम्पर्कविहीन भएको खबर भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए। तर, रिया कतै लुक्न गएको वा भागेको खबर आधारहिन भएको पट्ना प्रहरीका एसपी विनय तिवारीले जानकारी दिएका छन्। बलिउड हंगामाले जनाए अनुसार अनुसन्धानको अन्य प्रक्रिया अघि बढेकाले हाल रियाको खोजी नै भएको छैन। एसपी तिवारीले भनेका छन्,'रियाको आवश्यकता परेपछि उनलाई बोलाउँछौं।'

घटनामाथि मुम्बई र पटना प्रहरीले बेग्लाबेग्लै अनुसन्धान गरिरहेका छन्।

सुशान्तका बुवाले रिया साथै उनका परिवारका सदस्य इंद्रजीत चक्रवर्ती,  संध्‍या चक्रवर्ती, शोविक चक्रवर्तीविरुद्ध गत आइतवार राजीव नगर थानामा आईपीसीको धारा ३४१, ३४२, २८०, ४२०, ४०६, ४२० र ३०६ अन्तर्गत उजुरी दर्ता गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell