PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बाढी पीडितलाई विराट र अनुष्काको आर्थिक सहयोग



पहिलोपोस्ट

 बाढी पीडितलाई विराट र अनुष्काको आर्थिक सहयोग

लकडाउन यता सामाजिक कार्यमा सक्रिय छन् बलिउड कलाकार अनुष्का शर्मा र क्रिकेटर विराट कोहली। उनीहरूले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै प्रधानमन्त्री राहत कोष र महाराष्ट्रको मुख्य मन्त्रीको कोषमा आर्थिक सहयोग गरेका थिए।

हालै उनीहरट्ठले आसाम र विहारका बाढी पीडितलाई पनि सहयोग घोषणा गरेका छन्। इन्स्टाग्राममा एक सन्देश प्रवाहसहित सहयोग गर्ने बताएका हुन्। लेखेका छन्,'देश कोरोना भाइरस महामारीको चपेटमामा छ। सँगै आसाम र विहारका मानिसहरू बाढीसँग जुँध्न बाध्य छन्। उनीहरूको दैनिकी मात्र होइन पूरा जीवन प्रभावित छ।' उनीहरूले ती प्रभावितका लागि कामनासहित सहयोग गर्ने बताएका हुन्।

'विरुष्का'ले एक्सन एड इन्डिया, र्‍यापिड रेस्पोन्स र गूनी नामक तीन संस्थाहरूमार्फत पीडितसम्म राहत पुर्‍याउने जनाएका छन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by AnushkaSharma1588 (@anushkasharma) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell