PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'कमलादी सुन' प्रकरणमा तीन जना समातिए



पहिलोपोस्ट

'कमलादी सुन' प्रकरणमा तीन जना समातिए

काठमाडौं : कमलादीमा नक्कली सुन र पेस्तोल बरामद भएको भनिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पूर्वी नवलपरासीबाट निशेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको हो।

मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो। प्रहरी देखेपछि नरोकी हुइँकियो उक्त गाडी। रोक्न खोज्दा भागेपछि प्रहरीले उक्त गाडीलाई फलो गर्‍यो। प्रहरीले फलो गर्ने क्रममा गाडीमा रहेका मानिसले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याए। झोलामा सुन र दुई थान पेस्तोलले भरिएको थियो।

प्रहरीले उक्त झोला जाँच गर्दा १५ किलोमध्ये आधा किलोमात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दिएको थियो।

उनीहरुले प्रहरीले जाँच गरेपछि झोला दिएर भागेको बताएका छन्। त्यसपछि उनीहरु स्कर्पियो गाडी छोडेर कार लिएर काठमाडौं बाहिरिएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell