काठमाडौं : गण्डकी प्रदेशमा थप ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार ४७९ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आज विहान १०:३० बजेको अपडेट अनुसार ६ जिल्लामा ३८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १४ र लमजुङ बेशीशहरका १ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै संक्रमण पुष्टि भएका मध्ये क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको गल्याङका ८ तथा विरुवा, पुतलीबजार र भीरकोटका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाग्लुङ जिल्लाको काठेखोला र बडिगाडका २/२ तथा बाग्लुङ र जैमनीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
तनहुँको रिसिङका १ र ब्यासका २ जनामा पनि क्षेयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै नवलपरासी पूर्वका १ र लमजुङ बेशीशहरका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
