PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

बाहुबलीका निर्देशक एसएस राजमौलीलाई कोरोना संक्रमण



पहिलोपोस्ट

बाहुबलीका निर्देशक एसएस राजमौलीलाई कोरोना संक्रमण

बलिउड निर्देशक एसएस राजमौलीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आफू र परिवारका सदस्यलाई खोकी लागेपछि जचाउन जाँदा कोरोना पोजेटिभ देखिएको राजामौलीले ट्वीटरमार्फत जानकारी दिएका छन्।

कोरोना पोजेटिभ देखिएपछि उनी हाल होम क्वारेन्टाइनमा छन्।

बलिउडको बहुचर्चित बाहुबली फिल्म बनाएका राजमौली हाल आरआरआर फिल्मको निर्देशनमा व्यस्त छन्। फिल्ममा एनटी रामा राव, रामचरण, आलिया भट्ट, अजय देवगन र श्रेया सरनको अभिनय देख्न पाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell