PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

ह्वाइट हाउसका प्रमुख वैज्ञानिक भन्छन्: महामारीको समय राजनीतिक लडाइका लागि उचित होइन



पहिलोपोस्ट

ह्वाइट हाउसका प्रमुख वैज्ञानिक भन्छन्: महामारीको समय राजनीतिक लडाइका लागि उचित होइन

ह्वाइट हाउसका प्रमुख वैज्ञानिक डाक्टर एन्थनी फाउचीले अमेरिका कोरोना भाइरसलाई लिएर राजनीतिक रुपमै विभाजित भएको बताएका छन्।

बीबीसीसँगको अन्तर्वार्तामा एन्थनीले भने,'राजनीतिक केन्द्रबाट आम मानिसलाई अन्यौलमा पार्ने काम भइरहेको छ। तर, मलाई लाग्छ आम मानिस त्यस्ता कुरामा ध्यान दिँदैनन्।'

उनले आफू ह्वाइट हाउसमा भए पनि राजनीतिक वहसबाट टाढा रहने र स्वास्थ्य सम्बन्धी विषयमा मात्र केन्द्रित रहने बताए।

भने,'राजनीतिक विषयमा चासो दिँदा जनस्वास्थ्यबाट ध्यान भड्किन्छ। व्यक्तिगत र सामाजिक हिसाबमा म सोच्छु – हाल सबैको दुश्मन कोरोना भाइरस हो। यो राजनीतिक लडाइका लागि उचित समय होइन।'

उनले कोरोना 'ग्लोबल' दुश्मन भएको भन्दै कोरोना महामारीविरुद्ध सबै मिलेर लड्ने बताएका छन्।

डोनाल्ड ट्रम्पले मास्कको विरोध गर्नुको कारणबारे सोध्दा उनले भने : उनलाई मास्क नलगाउँदा जरिवाना लिनु गलत हो। तर, मलाई भने मास्क अन्यन्त आवश्यक लाग्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell