PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुन बोक्न प्रयोग भएको गाडी भेटियो ललितपुरको निर्माणाधीन घरभित्र



पहिलोपोस्ट

सुन बोक्न प्रयोग भएको गाडी भेटियो ललितपुरको निर्माणाधीन घरभित्र

काठमाडौं : नक्कली सुन तथा हतियारधारी समूहले प्रयोग गरेको सिल्भर कलरको स्कर्पियो गाडी फेला परेको छ।

उक्त गाडी महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको नख्खिपोटमा फेला परेको जनाएको हो। 'निर्माणाधिन घरभित्र छोपेर राखेको अवस्थमा फेला पारेका हौं,' परिसरका डिएसपी राजकुमार केसीले भने।

मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा६च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो। प्रहरी देखेपछि नरोकी हुइँकियो उक्त गाडी। रोक्न खोज्दा भागेपछि प्रहरीले उक्त गाडीलाई फलो गर्‍यो। प्रहरीले फलो गर्ने क्रममा गाडीमा रहेका मानिसले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याए। उत्कत झोलामा सुन र दुई थान पेस्तोलले भरिएको थियो।

झोला जाँच गर्दा १५ किलोमध्ये आधा किलोमात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दिएको थियो।

कमलादीमा नक्कली सुन र पेस्तोल बरामद भएको भनिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको हो। तीनै जना भारतीय नागरिक हुन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले भारत भाग्दै गर्दा नवलपरासीबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell