PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कैलालीका विभिन्न क्षेत्रमा बाढीमा फसेकालाई यसरी उद्धार गर्दै सुरक्षाकर्मी

कैलालीका विभिन्न क्षेत्रमा बाढीमा फसेकालाई यसरी उद्धार गर्दै सुरक्षाकर्मी

एम बम/पहिलोपोस्ट


कैलाली : अविरल वर्षापछि आएको बाढीका कारण कैलालीको दक्षिण पूर्वी क्षेत्रमा सयौं नागरिक विस्थापित भएका छन्। मंगलवार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका नागरिक विस्थापित भएका हुन्।

भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन्। भजनीका करिब १० हजार नागरिकलाई उच्च स्थानमा सारिएको उद्धरमा खटिएका स्थानीय जनप्रतिनिधिले बताएका छन्।

भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले विस्थापित भएका स्थानीयलाई उच्च स्थान, हुलाकी राजमार्ग, सार्वजनिक भवन र विद्यालयहरूमा सारिएको बताए।

बाढीबाट प्रभावितको उद्धार जारी रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। उनले कति मानिस प्रभावित भए भन्ने यकिन तथ्याङ्क आइ नसेकेको जनाए।

नागरिकको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी झन्डै साढे ४ सय सुरक्षाकर्मी जिल्ला भरी परिचालन गरिएको बोहराको भनाई छ।



ट्रेन्डिङ पोस्ट

Ncell