PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अनलाइन स्विमिङ लेभल १ कोर्स शनिबारबाट हुने



पहिलोपोस्ट

अनलाइन स्विमिङ लेभल १ कोर्स शनिबारबाट हुने
फाइल फोटो

काठमाडौं: नेपाल ट्रायथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट सुरु हुने भएको छ।

साउन १७ र १८ गते दुई दिन सम्म संचालन हुने अनलाइन कोर्समा पौडी सम्बन्धि प्राविधिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ। सिंगापुरका प्रशिक्षक युगिन लिले अनलाइन मार्फत प्रशिक्षण प्रदान गर्नेछन्। लि वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन्।

पौडी प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण र पौडी सम्बन्धि प्राविधिक ज्ञान प्रदान गर्न कोर्सले सहयोग पुर्‍याउने विश्वास गरिएको छ। कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गर्ने आयोजकको दाबी छ।

वर्ल्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स संचालन गरिसकेको छ।

ट्रायथलन पौडी, साइक्लिङ र दौडको मिश्रीत खेल हो। कोर्समा ट्रायथलनसँग सम्वन्धित २५ प्रशिक्षकहरुले प्रशिक्षण लिने यसले पौडी र ट्रायथलन दुवै खेललाई सहयोग पुग्ने नेपाल ट्रायथलन संघका महासचिव युवराज सुनुवारले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell