PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देउवालाई पौडेल पक्षको पाँच बुँदे विरोधपत्र, 'कामचलाउ सभापतिले अन्धाधुन्ध पद बाँड्न पाइँदैन'



अमित मचामसी

देउवालाई पौडेल पक्षको पाँच बुँदे विरोधपत्र, 'कामचलाउ सभापतिले अन्धाधुन्ध पद बाँड्न पाइँदैन'

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सभापति शेरबहादुर देउवा कामचलाउ सभापति भएको उल्लेख गर्दै कामचलाउले सीमित काम मात्र गर्न पाउने बताएका छन्।

बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी पौडेलले देउवाको पछिल्लो कदमको खुलेर विरोध गरे।

२०७६ फागुनमै देउवाको पदाधवि सकिएको उल्लेख गर्दै पौडेले विधान उल्लंघर गरी अन्धाधुन्ध तरिकाल पद र प्रलोभन बाँडेको आरोप लगाए।

पत्रकार सम्मेलनमा देउवाइतरका नेताहरु महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत उपस्थित थिए।

सोही सम्मेलनमार्फत पौडेल र महामन्त्री कोइरालाले हस्ताक्षर गरेको विरोधपत्रसमेत सार्वजनिक गरेको छ। सभापति देउवालाई सम्बोधन गर्दै केन्द्रीय निर्वाचन समितिलाईसमेत बोधार्थ गरिएको पत्रमा भनिएको छ, 'विधानत १३ औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने केनद्रीय विभागहरु, अहिले १४ औं महाधधिवेशनको कार्यक्रम अघि बढिसकेपछि, गठन गरिरहनु भएको छ। यसबाट विधानको पुरै उल्लंघन भएको छ। नेपाली काँग्रेस महासमितिको बैठकले पारित गरेको पार्टी विधानको मसी नसुक्दै सो विधानले निश्चित व्यवस्था गरेका २८ विभागलाई बढाएर, हाम्रो असहमति हुँदाहुँदै ४८ पुर्‍याई अन्धाधुन्दा तरिकाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिता विपरित कार्यकाल सकिएपछि थपिएको एक वर्षभित्र, त्यो पनि महाधिवेशनको तिथि घोषणा भइसकेपछि फगत महाधिवेशनलाई प्रभावित गर्ने कुत्सित मनसाय हो भन्ने हाम्रो ठहर छ।'

देउवाले चालेको कदम तत्काल खारेज गर्नसमेत पौडेल पक्षका नेताहरुले माग गरेका छन्। 'यसमा हाम्रो गम्भीर आपत्ति छ र यो अस्विकार्य छ। यस्ता कार्य तत्काल बन्द गरियोस् र त्यस्ता निर्णय खारेज गरियोस्,' विरोधपत्रमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell