PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

कोभिड संक्रमणका कारण ३ जनाको मृत्यु



पहिलोपोस्ट

कोभिड संक्रमणका कारण ३ जनाको मृत्यु

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ जना कोभिड १९ संक्रमितको निधन भएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङको सुनवर्षी नगरपालीकाका ४५ वर्षका पुरुषको साउन १४ गते निधन भएको बताए। मृतक पुरुष स्वाँस्वप्रस्वासमा कठिनाइ भएपछि कोभिड अस्पताल बिराटनारमा उपचार गराइरहेका थिए। उनलाई प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो। भारत आवतजावत गर्ने गरेका उनलाई साउन १४ गते नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखि उपचार गरिएको भएपनि संक्रमित पुरुषको निधन भएको गौतमले जानकारी दिए।

पार्साको विरगन्ज महानगरपालीका वडा ७का ७० पुरुषको साउन १४ गते निधन भएको छ। मुटु तथा मधुमेह रोगी पुरुष। निजि अस्पतालमा निमोनिया उपचार गराइरहेकोमा  साउन ८  नारायणी अस्पतालमा भर्ना भएका थिए। उपचार क्रममा साउन १४ गते निधन भएको हो । साउन १४ मै उनलाई संक्रमण पुष्टि भएको थियो।

बिरगन्जकै वडा ५ अर्का ६८ पुरुषको पनि निधन भएको छ। साउन १४ गते नै उनको निधन भएको हो।

उनी मिर्गौला रोगी थिए। बिभिन्न अस्पतालमा उपचार गराइ नारायणी अस्पतालमा उपचार गराइरहेको भएपनि आइसफोलेशन नभएकाले नेश्नल मेडिकल कलेजमा उनलाई रिफर गरिएको थियो। उनको नेश्नल मेडिकल कलजमै निधन भएको हो। तीन जना मृतक थपिएसँगै संक्रमित मृतक संख्या ५२ पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell