काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१ जनासहित २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ३०४ नमुना परीक्षणका क्रममा देशभरका २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंमा ४१ जनासहित काठमाडौं उपत्यकामा ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये भक्तपुर र ललितपुरमा २/२ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौंका १९, शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा १३, त्रिवि शिक्षण अस्पतालमा ४, प्रहरी अस्पताल महाराजगंजमा ३ र स्टार अस्पतालमा भएको परीक्षणमा काठमाडौंकै २ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, पर्सा जिल्लाका ४९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बाँके जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका २० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकामध्ये धनुषाका १४ जना छन्।
त्यस्तै, महोत्तरी र बाराका ६/६ जनामा पनि संक्रमण पुष्टि भएको छ। सर्लाहीका ५, झापाका ४, सुनसरी, मोरङ र उदयपुरका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ। सप्तरीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
वाग्मती अन्तर्गत धादिङका ४, नुवाकोटका २ र चितवनका १ जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै, गण्डकी प्रदेशको स्याङजाका १२, बाग्लुङ र नवलपरासी पूर्वका ६/६, तनहुँका २ कास्कीका चार र गोरखा लमजुङका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ को बर्दियाका ८ तथा दाङ र प्युठानका ३/३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुपन्देही, नवलपरासी पश्चिम,अर्घाखाँची र कपिलवस्तुका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ।
कर्णालीको सुर्खेतका ९, सल्यानका ३ तथा डोल्पा, जाजरकोट र मुगुका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ। कैलालीका ५, कञ्चनपुरका २ र दार्चुलाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।
योसँगै संक्रमण पुष्टि हुनेकोहरुको संख्या १९ हजार ५४७ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये १४ हजार २४८ जना डिस्चार्ज भएका छन्। त्यस्तै हाल ५ हजार २४७ जना संक्रमित उपचारका क्रममा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजै मात्र तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। योसँग मृत्यु भएकाको संख्या ५२ पुगेको छ।