PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंज हेल्थकेयर अस्पताललाई कोभिड अस्पताल बनाउन संकट व्यवस्थापन केन्द्रको सिफारिस



राधेश्याम पटेल

वीरगंज हेल्थकेयर अस्पताललाई कोभिड अस्पताल बनाउन संकट व्यवस्थापन केन्द्रको सिफारिस

वीरगंज : वीरगंज हेल्थहेयर हस्पिटल गण्डक बहुअरी कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न संकट व्यवस्थापन केन्द्र पर्साले सरकारसमक्ष सिफारिस गरेको छ।

कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन उच्च संयन्त्रमा पर्साबाट बिहीवार दिउँसो निर्णय गरी पठाइएको संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता ललितकुमार बस्नेतले जानकारी दिए। पर्सा, बारा, रौतहट र सर्लाहीमा पछिल्लो समय गम्भीर प्रकृतिका कोरोना संक्रमितहरु बढ्ने क्रम जारी रहेको हुँदा अस्पताल व्यवस्थापन पक्षको सहमतिमा सरकारलाई यस बारे सिफारिस गरी अन्तिम निर्णयको लागि पठाइएको उनले बताए।

‘वीरगंज हेल्थकेयर हस्पिटलले सरकारको अनुदान तथा नारायणी अस्पताल व्यवस्थापनको कमान्डमा आफनो भौतिक पूर्वाधार एवं स्वास्थ्यकर्मी पनि परिचालन गर्न तयार रहेको संकट व्यवस्थापन केन्द्र पर्सामा जानकारी सहितको निवेदन दिएपछि यस्तो निर्णय भएको हो,’ केन्द्रका प्रवक्ता एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘त्यसै निवदेनको सवालमा केन्द्रका पदाधिकारीहरुको सहमतिमा उक्त निर्णय गरी माथिल्लो निकाय सीसीएमसीमा पठाइएको र सकभर आजै रातिसम्म स्वीकृतिसहितको निर्णय आउने छ।’

वीरगंज हेल्थकेयर हस्पिटलमा सय शैयाको कोभिड अस्पताल सञ्चालनमा आउने छ। त्यसमा ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको अस्पतालका सञ्चालन अबुलहैस अन्सारीले जानकारी गराएका छन्।

उनले कोरोना नियन्त्रणमा राज्यसँग हातोमालो गर्दै वीरगंज हेल्थकेयर अस्पताललाई कोभिड अस्पताल बनाउन आफू राजी भएको बताए। वीरगंजमा अहिले साउन १ गते यता १७० जना संक्रमित थपिएका छन्। त्यस्तै, एक भारतीयसहित ७ जनाको मृत्यु भइसकेको छ।

गण्डक कोभिड अस्पतालमा ६० जना र सय जना संक्रमित घरमै बसेका छन्। गण्डकमा उपचाररत ४ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् भने बाँकीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell