PahiloPost

Jun 24, 2026 | १० असार २०८३

केपी ओलीको विकल्प छैन : लेखराज भट्ट



पहिलोपोस्ट

केपी ओलीको विकल्प छैन : लेखराज भट्ट
फोटो : रिपोर्टर्स क्लब नेपाल।

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन्।

रिपोर्टर्स क्लबमा बिहिवार भएको कार्यक्रममा भट्टले स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए। बहुमत स्थायी कमिटी सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताउदै आएका छन्।

‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिनँ। हामीले नेपालको अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ। नयाँ इतिहास बनाउनुपर्छ। त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ,’ उनले भने।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका भट्टले पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीचमा सहमति बाहेक अर्को विकल्प नभएको बताए। मन्त्री भट्टले सरकार परिवर्तनको खेल भए देश फेरि अस्थिरतातर्फ जाने बताए।

पार्टीभित्र अहिले केही प्रवृतिहरु खेल्न खोजेकोले त्यसलाई परास्त गरेर अगाडी बढ्ने विश्वास व्यक्त गरे। पार्टीको एकता महाधिवेशन सहमतिमै हुने र नेतृत्व समेत सहमतिमै टुंगो लाग्ने उनको भनाइ थियो।

     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell