PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

आइसोलेसन वार्डमा खटिन नमान्ने ३० जना स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा



राधेश्याम पटेल

आइसोलेसन वार्डमा खटिन नमान्ने ३० जना स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा

वीरगंज : पर्सा प्रहरीले कोरोना महामारीमा सहयोग नगर्ने ३० जना स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ। वीरगंज महानगर परिसरबाट दिउँसो २ बजे पर्सा प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन्।

सिद्धार्थ माध्यमिक विद्यालयमा ४० बेडको सेमी-आइसोलेसन व्यवस्थापन गर्न उनीहरुलाई खटाइएकोमा उनीहरु खटिन र ड्युटी गर्न आलटाल गरेपछि संकट व्यवस्थापन केन्द्र पर्साको निर्देशनमा उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही थालिएको बताइएको छ।

पर्सामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको अवस्थामा वीरगंज महानगरमा कार्यरत १६२ जना स्वास्थ्यकर्मी मध्ये ३० जनालाई सिद्धार्थ स्कुलको सेमी-आइसोलेसन वार्डमा खटिने गरी वीरगंज महानगरको सामाजिक विकास महाशाखाले काज सरुवा गरेको थियो। तर, आफूहरुलाई  काखापाखा गरिएको भन्दै स्वास्थ्यकर्मीहरु विरोध गर्न महानगरको कार्यालयमा पुगेका थिए।

उनीहरुलाई त्यहीँबाट पक्राउ गरी आवश्यक कारबाही थालिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell