PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

जिल्ला प्रशासन कार्यालय मोरङको सूचना : स्वास्थ्य मापदण्डहरु पालना नगर्नेलाई कारबाही गरिने



पहिलोपोस्ट

जिल्ला प्रशासन कार्यालय मोरङको सूचना : स्वास्थ्य मापदण्डहरु पालना नगर्नेलाई कारबाही गरिने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्डहरु पालना नगर्नेलाई कारबाही गर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन समितिको बुधवारको बैठकले सो निणय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।

बैठकले कोभिड-१९ को बढ्दो संक्रमणलाई नियन्त्रण गर्न न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय गरेको छ।

सो आदेशको अपहेलना गर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम १ महिनासम्म कैद वा १०० रुपैयाँ सम्म जरिबाना गर्ने बताइएको छ। त्यस्तै, यी काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६०० रपैयाँसम्म जरिबाना हुने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell