PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

१५ केजी सुन बरामद घटनाका अपरेसन कमाण्डर डीएसपीलाई वृत प्रमुखबाट हटाइयो



पहिलोपोस्ट

१५ केजी सुन बरामद घटनाका अपरेसन कमाण्डर डीएसपीलाई वृत प्रमुखबाट हटाइयो

काठमाडौं : महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई वृत प्रमुखको जिम्मेबारीबाट हटाइएको छ। कमलादीमा बरामद भएको भनिएको १५ केजी सुन र दुईवटा हतियार घटनामा छानबिन गर्न उनलाई पदबाट हटाइएको बताइएको छ।

मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो गाडी कृष्ण पाउरोटीबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीलाई देखेपछि नरोकी हुइँकिएको उक्त गाडीलाई प्रहरीले फलो गर्‍यो।

प्रहरीले फलो गर्ने क्रममा गाडीमा रहेका मानिसले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्याएका थिए। उक्त झोला सुन र दुई थान पेस्तोलले भरिएको थियो।

प्रहरीले बरामद गरेको १५ केजी सुनमध्ये आधा केजी सुन र बाँकी चाँदी भेटिएको थियो। डीएसपी दाहालको नेतृत्वमा गएको टोलीले गाडी फुत्किएको जानकारी समयमा नै नदिएको खुल्न आएको छ। घटनास्थल कमलादी भनेर भनिएपनि सुन्धारा भएको खुलेपछि दाहाललाई जिम्मेबारीबाट हटाइएको हो।

फरार भएको गाडी महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीवार दिउँसो ललितपुरको नख्खिपोटमा फेला परेको थियो।

सो स्थानको निर्माणाधिन घरभित्र छोपेर राखेको अवस्थमा गाडी फेला पारिएका हो। त्यस्तै घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिइएको हो। तीनै जना भारतीय नागरिक हुन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले भारत भाग्दै गर्दा नवलपरासीबाट नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell