PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरका ८ जनासहित प्रदेश १ मा थपिए १८ जना कोरोना सक्रमित



फूलमाया पुरी

विराटनगरका ८ जनासहित प्रदेश १ मा थपिए १८ जना कोरोना सक्रमित

विराटनगर : प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङको विराटनगरका ८ जनासहित झापामा ४ जना थपिएका छन् भने सुनसरी, उदयपुर र सोलुखुम्बुमा २/२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता सुरेश मेहेताका अनुसार विराटनगरमा ५ पुरुष ३ महिला र झापाको शिवसताक्षीमा ३ पुरुष र दमकमा १ महिलामा कोरोना पुष्टि भएको छ। त्यस्तै, सुनसरीको धरान र इटहरीमा १/१ पुरुषमा, उदयपुरको बेलकामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको 
छ। यता सोलुखुम्बुको खुधकुण्डमा २ जना पुरुषमा कोरोना संक्रमित भेटिएका छ।

त्यसैगरी, प्रदेशमा आजै ४२ जना डिस्चार्ज भएका छन्। जसमा पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३४ पुरुष डिस्चार्ज भएका छन्। त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रदेश १ भरी आजै ६ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेका छन्।

यस्तै, कुल ७ सय ८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell