PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

बाढीले बगाएर बेपत्ता भएका एक बालकको शव फेला



पहिलोपोस्ट

बाढीले बगाएर बेपत्ता भएका एक बालकको शव फेला

कैलाली : बाढीले बगाएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ। बुधवार दिउँसो बेपत्ता भएका कैलालीको भजनी नगरपालिका-८ जनकपुरका ११ वर्षीय स्केल चौधरीको शव बिहीवार फेला परेको हो।

भजनीकै काडाँ ढिक भन्ने ठाउँमा बगेको स्थानबाट झण्डै तीन किलोमिटर टाढा उनको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ। बुधवारनै बेपत्ता भएका भजनी ८ खौरपुरका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र विक भने अझै बेपत्ता छन्।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए। बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell