PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा कोरोनाबाट मृत्यु भएका दुई जनाको ३६ घण्टा बितिसक्दा पनि भएन दाहसंस्कार



राधेश्याम पटेल

वीरगंजमा कोरोनाबाट मृत्यु भएका दुई जनाको ३६ घण्टा बितिसक्दा पनि भएन दाहसंस्कार

वीरगंज : वीरगंजमा कोरोना भाइरसबाट मृत्यु भएका दुई जनाको ३६ घण्टा बितिसक्दा पनि दाहसंस्कार हुन सकेको छैन। बिहीवार साँझ ६ बजेसम्म पनि दुई संक्रमितका शव अन्त्येष्टि हुन नसकेको नारायणी गण्डक कोभिड अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले जानकारी गराएका छन्।

वीरगंज-५ रोशमकोठीका ६८ वर्षीय र वीरगंज ८ गहवाका ७० वर्षीय पुरुषको शव दाहसंस्कार हुन नसकेको हो। बुधवार बिहान पौने ११ बजे ६८ वर्षीय वृद्धको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने गहवाका ७० वर्षीय वृद्धको शंकास्पद अवस्थामा नेशनल मडिकल कलेजको आकस्मिक कक्षमा मंगलवार बिहान ३ बजे मृत्यु भएको थियो।

उनको पीसीआर रिपोर्ट गत आइतवार बिहान ११ बजे संकलन गरी बुधवार साँझ ६ बजे आएको थियो। पर्साकी एसपी गंगा पन्तले दुवै शव बिहीवार राति व्यवस्थापन गरिने तयारी रहेको बताएकी छन्।

‘म शव दाहसंस्कारको लागि ग्रामिण भेगमा निस्किसकेको छु,’ उनले भनिन्, ‘केही बेरमा शवहरु व्यवस्थापन गर्ने छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell