PahiloPost

Jun 24, 2026 | १० असार २०८३

वीरगंजका मेयर सरावगीलाई कोरोना पुष्टि, काठमाडौँमा 'होम आइसोलेसन'मा



पहिलोपोस्ट

वीरगंजका मेयर सरावगीलाई कोरोना पुष्टि, काठमाडौँमा 'होम आइसोलेसन'मा

वीरगंजः वीरगंजका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो आएपछि उपचारका लागि सरावगी काठमाडौँ आएका थिए। परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो। उनी सोमबार काठमाडौँ आएका थिए।

स्टार हस्पिटलमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। बिहीबार रिपोर्ट आएको थियो। हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा रहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए।

सरावगीले आफ्नो फेसबुकमा पनि आफू संक्रमित भएको जानकारी गराएका छन्। नागरिकको सेवामा जुटिरहँदा आफूलाई संक्रमण भएको भन्दै सचेत रहन आग्रह पनि गरेका छन्। कोरोना नियन्त्रण अब स्थानीय सरकारको पहलले मात्र नहुने उनले जनाएका छन्।

सरावगीले वीरगंजमा कोरोना समुदायस्तरमा नै फैलिएको पनि दाबी गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell