PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

वरिष्ठ अधिवक्ताको उपाधिका लागि अब निवेदन हाल्न पाउने, यस्तो छ सर्वोच्चले पारित गरेको मापदण्ड



पहिलोपोस्ट

वरिष्ठ अधिवक्ताको उपाधिका लागि अब निवेदन हाल्न पाउने, यस्तो छ सर्वोच्चले पारित गरेको मापदण्ड

काठमाडौँः सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी मापदण्ड तयार पारेको छ। २०७६ माघ २७ गतेको बैठकबाट मापदण्ड पारित भएको हो। तर, सरोकारवालाको जानकारीका लागि भन्दै मापदण्ड बिहीबारमात्र सार्वजनिक भएको छ। तर, पारित भएकै मितिबाट लागू हुने मापदण्डमा नै उल्लेख छ। कार्यान्वयनका आएको साढे पाँच महिनापछि मापदण्ड सार्वजनिक भएको हो।

करिब ६ महिना लामो परामर्शपछि मापदण्ड स्वीकृत भएको हो।

सार्वजनिक मापदण्ड अनुसार उपाधि प्रदानका लागि सिफारिस गर्न एक समिति रहनेछ। जसको अध्यक्षता प्रधानन्यायाधीश वा तोकिएका न्यायाधीशले गर्नेछन्। समितिले उपाधिका लागि फूलकोर्ट समक्ष सिफारिस गर्नेछ।

प्रत्येक वर्षको जेठ महिनाभित्र समितिले उपाधिका लागि सम्भाव्य सूची सिफारिस गर्नेछ। यस्तो विवरण संकलन गर्न सार्वजनिक सञ्चार माध्यमबाट सूचना समेत आह्वान हुन सक्नेछ। साथै बार एशोसिएशनहरुमार्फत पनि सूची संकलन गर्ने व्यवस्था मापदण्डमा छ।

पेशामा निरन्तर कम्तीमा १५ वर्ष रहेको व्यक्ति सिफारिस हुन सक्नेछ। सरकारी तथा सार्वजनिक निकायमा रहेको व्यक्ति उपाधिका लागि सिफारिस हुने छैन। तर, विश्वविद्यालयका प्राध्यापकहरुले भने तोकिएको शर्त पूरा गरेर उपाधि पाउन सक्नेछन्।

यस्तो छ मापदण्ड

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell