PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा थप दुई जनाको शंकास्पद मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी



राधेश्याम पटेल

वीरगंजमा थप दुई जनाको शंकास्पद मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

वीरगंज : वीरगंजमा कोरोना महामारी समुदाय स्तरमा फैलिएको अवस्थामा बिहीवार थप दुई जनाको मृत्यु भएको छ।

वीरगंज-१६ नगवा निवासी ३५ वर्षीय युवकको गण्डक कोभिड अस्पतालमा अपरान्ह ४:४० वजे मृत्यु भएको छ भने वीरगंज छपकैया निवासी ६५ वर्षीय वृद्धको आफ्नै निवासमा बिहानको समयमा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए।

कोभिड अस्पतालमा मृत्यु भएका युवकमा निमोनियाको संक्रमण देखिएको थियो। उनको गत साउन १३ गते स्वाब संकलन गरिएकोमा अहिले पनि रिपोर्ट आउन बाँकी रहेको छ। एक सातादेखि ज्वरो आउने लक्षण देखिएका ती युवक विभिन्न क्लिनिकमा उपचार गराउँदै तराई हस्पिटलमा उपचार गराएर गत साउन १३ गते कोभिड अस्पतालमा भर्ना हुन पुगेका थिए। उनको शव अहिले कोभिड अस्पतालको आकस्मिक कक्षमै राखिएको छ।

त्यसैगरी, छपकैयाका वृद्ध सरकारी जागिरबाट अवकाश प्राप्त हुन्। केही दिनदेखि बिरामी हुँदा घरमै औषधि खाइरहेको अवस्थामा मृत्यु भएपछि उनको स्वाब संकलन गरी शव नारायणी अस्पतालको शव गृहमा राखिएको डा उपाध्यायले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell