PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु
Illustration by : Gerry Fletcher/BBC

वीरगंज : वीरगंजमा शंकास्पद अवस्थामा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नारायणी अस्पतालको पीसीआर ल्याबले राति साढे ११ बजे सार्वजनिक गरेको रिपोर्टमा मृतकहरुमा पनि कोभिड १९ पोजेटिभ देखिएको हो।  

मृतकहरु वीरगंज-१६ नगवा निवासी ३५ वर्षीय पुरुष र वीरगंज छपकैया निवासी ६५ वर्षीय पुरुष रहेका छन्।

३५ वर्षीय पुरुषको गण्डक कोभिड अस्पतालमा बिहीवार दिउँसो ४:४० बजे मृत्यु भएको थियो। उनमा निमोनियाको संक्रमण देखिएको थियो। साउन १३ गते उनको स्वाब संकलन गरिएकोमा मृत्युपछि मात्रै उनको रिपोर्ट आएको हो। एक सातादेखि ज्वरो आएपछि उनको विभिन्न क्लिनिकमा उपचार गरिएको थियो। पछि तराई हस्पिटलमा उपचार गराएर गत साउन १३ गते उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको शव अहिले कोभिड अस्पतालको आकस्मिक कक्षमै राखिएको छ।

त्यस्तै, ६५ वर्षीय पुरुषको भने आफ्नै निवासमा बिहानको समयमा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए। सरकारी जागिरबाट अवकाश प्राप्त उनी केही दिनदेखि बिरामी हुँदा घरमै औषधि खाइरहेको थिए। घरमा मृत्यु भएपछि उनको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो। हाल उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको डा उपाध्यायले बताएका छन्।

बुधवारपनि वीरगंजमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको थियो। यससँगै नेपालमा कोभिड १९को संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell