PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा तीन जना डाक्टर, स्वास्थ्यकर्मी र मजदुरसहित ४६ जनामा कोरोना पुष्टि



राधेश्याम पटेल

वीरगंजमा तीन जना डाक्टर, स्वास्थ्यकर्मी र मजदुरसहित ४६ जनामा कोरोना पुष्टि

वीरगंज : वीरगंजमा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ वर्षदेखि ७५ वर्ष उमेर समूहका संक्रमित रहेका छन्।

संक्रमितहरु पर्सा, बारा, रौतहटका बासिन्दा भए पनि सबै वीरगंजकै विभिन्न वडामा बसोबास गर्छन्। संक्रमितहरुमा नारायणी अस्पतालका दुई जना अर्थोपेडिक र एक जना बाहिरका गरी तीन जना डाक्टरमा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

नारायणी अस्पतालका ४४ र ४० वर्षको पुरुष अर्थोपेडिक डाक्टर र वीरगंजकै एक जना ३६ वर्षीय डाक्टर पनि संक्रमित हुन पुगेका छन्। त्यसैगरी, नारायणी र एडभान्स हस्पिटलका गरी ६ जना स्टाफ नर्स पनि संक्रमित भएका छन्। वीरगंजको विभिन्न वडामा गरिएको मास ट्रेसिङमा पनि सर्वसाधारणमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए।

नारायणीको मेडिकल वार्डमा खटिने ४० वर्षकी स्टाफ नर्स, आईसीयू कक्षामा खटिने २० र २४ वर्षका स्टाफ नर्समा कोरोना पुष्टि भएको छ भने नारायणी अस्पतालमै डायालासिस गराउने पर्सा पोखरीया १ की ७५ वर्षिया महिला, बारा, निजगढका ६५ वर्षीय पुरुष र बारा जितपुरका २४ वर्षिया महिला मृगौला रोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बाराको नितनपुरमा रहेको म्याग्नस फर्मा प्रालि (औषधी उद्योग)मा कार्यरत तीन जना मजदुर र लोटस फर्मा वीरगंज २ छपकैयाका एक जना गरी कुल ४ जना मजदुरहरुमा पनि कोरोना पुष्टि भएको छ। म्याग्नसका मजदुरहरुमा रौतहट, राजपुर ५ घर भएका ३७ वर्षका पुरुष,पर्सा, बहुदरमाई नगरपालिका वडा नं ४ नगरदाहाका ४४ वर्षीय पुरुष र वीरगंज १२ मुर्लीकी २६ वर्षीया महिला मजदुरमा कोरोना पुष्टि भएको छ। लोटस फर्माका वीरगंज ५ रेशमकोठी बस्ने ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी, वीरगंज १४ का ६५ वर्षीय पुरुष, वीरगंज ११ का ४१ वर्षीय पुरुष, वीरगंज १४ कै ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल ल्याबले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell