PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु



राधेश्याम पटेल

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

वीरगंज : जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको गए राति मृत्यु भएको छ।

राति साढे ११ बजे उनको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। भारत निवासी उनी पुरानो मुटुरोगी हुन्। साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। हिजो दिउँसोदेखि अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो।

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको गण्डक कोभिड अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निरजकुमार सिंहले बताए। उनको शव अहिले अस्पतालमै राखिएको छ।

वीरगंजमा बुधवार दुई जनाको मृत्यु भएको थियो भने यी बाहेक बिहीवार नै थप दुई जनाको मृत्यु भइसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell