PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बसले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु



पहिलोपोस्ट

बसले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

काठमाडौं : चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ।

पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले बिहीवार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell