PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

राति ११ बजे कोरोना पुष्टि, बिहान ४ बजे सुत्केरी



राधेश्याम पटेल

राति ११ बजे कोरोना पुष्टि, बिहान ४ बजे सुत्केरी

वीरगंज : वीरगंजकी एक जना संक्रमित गर्भवतीले सफल रुपमा बच्चा जन्माएकी छिन्। वीरगंज-१ छपकैया बस्ने ३१ वर्षीया गर्भवतीको चिकित्सकको सहयोगमा गण्डक कोभिड अस्पतालमा बिहान ४ बजे नर्मल डिलेभरी भएको हो। नवजात शिशुको तौल ३ किलोग्राम रहेको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले बताए।

गत साउन ७ गते नियमित चेकजाँचका लागि गर्भवतीमा ज्वरो आएपछि नारायणी अस्पताल गएकी थिइन्। त्यसपछि पनि उनको स्वास्थ ठिक नभएपछि साउन १४ गते प्रभु अस्पतालमा डाक्टर लक्ष्मी थापासँग चेक गराउन जाँदा उनलाई पीसीआर चेक गराएर आउनु भन्दै फर्काइएको थियो।

हिजो व्यथाले च्यापेपछि डेलिभरी गराउन नेशनल मेडिकल कलेजको प्रसुती वार्डमा उपचार गराइरहेको अवस्थामा उनमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको थियो। राति साढे ११ बजे उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell