
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका खेलाडीलाई आज सम्मान गर्दैछ। कांग्रेसको खेलकुद विभागले आज साढे २ बजे सानेपास्थित पार्टी कार्यालयमा खेलाडी सम्मान गर्ने भएको हो।
यसअघि साउन ६ मा पत्रकार सम्मेलन गर्दै मोहन बस्नेतको संयोजकत्वमा रहेको विभागले खेलाडी सम्मान गर्ने घोषणा गरेको थियो।
स्वर्ण जितेका खेलाडीहरुको सन्दर्भमा एउटा जित्नेलाई १० हजार, दुई स्वर्ण जित्नेलाई १५ हजार, तीनवटा स्वर्ण जित्नेलाई २० हजार चार वटा स्वर्ण जित्नेहरुलाई २५ हजार क्रमश दिने बताइएको छ। यद्यपि अझै टिम इभेन्ट र रजत /कास्य जित्ने खेलाडीको के हुने भन्ने स्पस्ट छैन।
मंसिर महिनामा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्णसहित २ सय ७ पदक हात पारेको थियो।