PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

प्रहरीमा बढ्दो कोरोना संक्रमण : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना



पहिलोपोस्ट

प्रहरीमा बढ्दो कोरोना संक्रमण : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत थप १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। यससँगै हेर्डक्वाटरमा मात्र ७२ जनामा संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरीको अस्पताल महाराजगंजमा भएको परीक्षणमा थप १८ जनामा कोरोना पोजेटिभ भएको जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए।

'आज थप १८ जनामा कोरोना देखिएको जानकारी आएको छ,' एसएसपी कठायतले भने।

बिहीवार दुई चरणमा आएको रिपोर्टमा ५४ जनामा कोरोना देखिएको थियो। संक्रमित सबैलाई अस्पताल भर्ना गरेर उपचार थालिएको छ। उनीहरुसँगै सम्पर्कमा आएका प्रहरीको कन्ट्र्याक्ट ट्रेनिङ र स्वाब परीक्षण भइरहेको छ।

यी बाहेक आजैमात्र महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएको छ। शंका लागेर परीक्षण गर्दा दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो।

यससँगै देशभर कोरोनाबाट संक्रमित प्रहरीको सङख्या २ सय ५० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell