PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

आइरिस कपको फाइनल आज राति: कोरोनापछि ब्रिटेनको स्टेडियममा दर्शकसहितको पहिलो प्रतियोगिता



पहिलोपोस्ट

आइरिस कपको फाइनल आज राति: कोरोनापछि ब्रिटेनको स्टेडियममा दर्शकसहितको पहिलो प्रतियोगिता

आइरिस कपको फाइनल खेल आज राति हुँदैछ। मध्यराति १२ : ४५ बाट शुरु हुने यो खेल ब्रिटेनमा विशेष हुनेछ किनभने मार्च पछि ब्रिटेनमा दर्शकको उपस्थितिमा खेलाइने यो पहिलो खेल हुनेछ।

विन्डसोर स्टेडियममा हुने खेलमा ज्लेन्टोरन र बल्लिमेना युनाइटेड आमनेसामने हुनेछन्।

आइरिस फुटबल संघले अघिल्लो हप्ता सीमित दर्शकहरुलाई मैदानमा उपस्थित हुन दिने घोषणा गरेको थियो। जसअनुसार १८ हजार ५ सय जनाको क्षमता भएको स्टेडियममा दर्शकको पनि उपस्थिति रहने छ।

फुटबल एसोसिएसनले ५०० जना दर्शकलाई अनुमति दिएको जनाएको छ। स्टेडियममा प्रवेश गर्दा तापक्रम मापनदेखि सामाजिक दुरी र अन्य स्वस्थ्य सुरक्षामा ध्यान दिइने बताइएको छ।

'त्यहाँ धेरै कडाइ हुनेछ,' फुटबल संघका प्रमख कार्यकारी प्याट्रिक नेल्सन भन्छन्, ' जसरी अहिले 'न्यु नर्मल' भनिरहेको छ। त्यो हामी हामी शुक्रवार देख्ने छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell