PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

‘डक्टर डेनिम’ले नेपाली फिल्म बनाउने, मनिष राउत मुख्य कलाकार



पहिलोपोस्ट

‘डक्टर डेनिम’ले नेपाली फिल्म बनाउने, मनिष राउत मुख्य कलाकार

काठमाडौं: क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ। आगामी बर्ष रिलीज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ।

प्रेम कथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा ‘प्रेम गीत ३' का अभिनेता मनिष राउत मुख्य भूमिकामा हुनेछन्। ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर समेत रहेका राउतको जोडी नायिका भने छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए। खोजी भइरहेको छ। यो फिल्ममा गौतम निर्माता रहनेछन्। आफ्नो ब्राण्डलाई भने प्रस्तुतकर्ताको रुपमा राखिने उनले बताए।

चलचित्रका निर्देशक, लेखक सहित अन्य टिमको भने जानकारी गराइएको छैन। स्क्रिप्ट तयार भइसकेको फिल्मको शुटिंग नेपाल, जर्मनी र भारतको गोवामा हुने बताइएको छ।

मनिष राउतको फिल्म ‘प्रेम गीत ३' रिलिज नभए पनि दर्शकसामु चिचिइसकेका छन्। विशेषगरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई चैतमै फिल्म ‘प्रेम गीत ३’मा हेर्न पाउने भएका थिए। तर, कोरोना महामारीको कारण स्थगित भएपछि मनिषलाई हेर्न पाएनन्। उनले ‘प्रेम गीत ३’ मा अभिनय गर्ने पक्का भएपछि उनलाई ‘डक्टर डेनिम’ले ब्राण्ड एम्बेसडर बनाएको थियो।

'मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागि ब्राण्ड एम्बेसडर बनाएका थियौँ। उहाँको क्रेजबाट हामीले हाम्रो ब्राण्ड स्थापित गर्न सफल बन्यौं। अब हामीले उहाँलाई नै लिएर चलचित्र बनाउन लागेका छौँ,’ निर्माता गौतमले भने, 'मनिषको क्रेज मात्र नभएर उहाँको अभिनय क्षमताले पनि हामी प्रभावित छौँ। हामीले 'प्रेम गीत ३'को टिजर तथा ओस्कार कलेज पढ्ने बेलामा गरेको केहि लघु चलचित्रको अभिनय हेरेका थियौँ। उक्त चलचित्रमा उहाँले गरेको अभिनयले भोलीको स्टार बन्ने ढोका खोल्नेमा म ढुक्क छु।'

पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्री गर्ने ‘डक्टर डेनिम'मा मनिष पाँच बर्षको लागि ब्राण्ड एम्बेसडर छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell