काठमाडौं: पोखरा विश्वविद्यालयमा विगत एघार महिनादेखि रिक्त पदाधिकारी नियुक्तिको माग गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन्।
विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक सभापति सुनिल तिमिल्सिना र पोखरा ईञ्जीनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पदाधिकारी नियुक्ति छिटै हुने आश्वासन दिएको भेटमा सहभागी विद्यार्थी नेता सन्तोष पोख्रेलले जानकारी दिए।
विगत ११ महिनादेखि उपकुलपति, रजिष्ट्रार, डिन, कार्यकारी परिषद, प्राज्ञिक परिषद, परीक्षा नियन्त्रक, परीक्षा समिति, निर्देशक लगायतका पदहरु रिक्त हुँदा विश्वविद्यालयका गतिविधिहरु ठप्प छन्। यसैकारण गत वर्षको दीक्षान्त, विद्यार्थीहरुको परीक्षा, परीक्षाफल प्रकाशन, शैक्षिक कागजात वितरण, अनलाइन कक्षा तथा परीक्षाबारे नीतिगत निर्णय, बजेट सभा आदि हुन सकेको छैन।
यी समस्याका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरु लकडाउन अन्त्य लगतै आन्दोलनमा उत्रिएका छन्।
